२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टी–१० क्रिकेट आजबाट, पहिलो दिनमै तीन खेल


0
Shares

काठमाडौं । युएईमा आयोजना हुने टी–१० क्रिकेट लिग आज(बिहीबार)बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन ३ खेलहरू हुँदैछ ।

पहिलो खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ । अरेबियन्सबाट यस सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् । यस्तै डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग खेल्नेछ । पुनेबाट यस सिजन नेपालका करण केसीले खेल्दै छन् ।

तेस्रो खेलमा बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ । टी–१० लिगमा अर्का नेपाली खेलाडी कुशल मल्लले आबुधाबी खेल्नेछन् । यस्तै पूर्व कप्तान पारस खड्का आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।