१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पति विदेशमा, दुई छोरीलाई विष खुवाएर महिलाले गरिन् आत्महत्या


0
Shares

पश्चिम नवलपरासी । जिल्लामा दुई छोरीलाई विष खुवाएर आफूले पनि सेवन गरेकी आमासहित तीनजनाको मृत्यु भएको छ ।

सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूले पनि विष खाएर २ छोरीलाईसमेत विष खुवाएको प्रहरीले जनाएको छ ।

विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरूको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीका श्रीमान जितेन्द्र वैदेशिक रोजगारीमा छन् ।