
काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतो रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बालिका बेचबिखन गर्न लागेको खबर पाएपछि प्रहरी चौकी जटहीबाट खटिएको प्रहरी टोलीले नगराईन नगरपालिका–२ बाट उनलाई पक्राउ गरिएको हो ।
महतोमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्