
सांकेतिक तस्वीर
काठमाडौं । राजधानीको गैह्रीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट प्रयोग गरिने भएको हो ।
बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ ।
सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताउनुभयो । पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्