
काठमाडौं । सम्झौता गरे अनुसार बाँकी पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् ।
अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको बाँकी रहेको सम्पूर्ण पारिश्रमिक तीन महिना भित्रै भुक्तानी गर्ने सहमति गरे पनि तीन महिना बितिसक्दा पनि उपलब्ध नगराएपछि उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले बिहीबार अस्पतालमै धर्ना बसेका छन् ।
व्यवस्थापनले आफूहरूको कामको अवमुल्यन गरेको, सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको मनमोहन मेमोरीयल अस्पताल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव निर्मल पोखरेलले बताउनुभयो । स्वास्थ्यकर्मी वर्षा शाहले पनि सम्झौता उल्लंघन गरेको प्रति आक्रोश व्यक्त गनुभएको छ ।
जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस्