
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको छ ।
ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो ।
चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको बिबिसीले जनाएको छ ।
४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए ।
ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि उक्त एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको जनाएको छ ।
ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्