
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा खादा एवं माला लगाइदिन र फूल दिने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले कोभिड–१९ को उच्च जोखिम कायमै रहकाले त्यसबाट जोगिन यस्ता कार्य गर्न आग्रह गनुभएको हो ।
केन्द्रीय सदस्य थापाले कोभिड–१९ को जोखिमकै बीचमा पनि पार्टी गतिविधि गर्नुपर्ने भएकाले सबैलाई अनिवार्य मास्क लगाउन पनि आग्रह गर्नुभएको छ ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस लगायत अन्य दलहरूले देशभर विरोध प्रदर्शन गर्दै आएका छन् ।
कांग्रेसले माघ १९, २४ र ३० गते पुनः थप विरोध एवं आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्