१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साडुदाइको हत्या आरोपमा दाङका युवक पक्राउ


0
Shares

काठमाडौं । आफ्नै साडु दाई (श्रीमतीको भिनाजु)को कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्की रहेका छन् । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिनेशले सोमबार रोल्पा घर भएका ४३ वर्षीय साडु दाई मान बहादुर विकलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।