१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२९ हजारले लगाए कोरोनाविरुद्धको खोप, स्वास्थ्य समस्या कसैलाई पनि देखिएन


0
Shares

काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तर्गत बिहीबार बेलुकीसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय ३२ जनाले खोव लगाएका छन् ।

मन्त्रालयका अुनसार प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतीमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार ८ सय ५३, लुम्बिनीमा २ हजार ३ सय ३, कर्णालीमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

अहिलेसम्म खोप लगाएकामध्ये अहिलेसम्म कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्य नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा कोरोनाभाइरस विरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने संकलक तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने व्यक्ति, कैदी र जेलमा रहेका सुरक्षाकर्मीहरूलाई खोप लगाएको छ ।