१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गरेमात्रै सहिदप्रति सच्चा श्रदाञ्जली हुने’


0
Shares

KP Bidhya meeting

काठमाडौं । सहिद दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँहरुले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताउनुभएको छ ।

सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहिदको त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।