१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संवैधानिक इजलासमा बाझाबाझ !


0
Shares

मीरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा बाझाबाझ भएको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि बाझाबाझको अवस्था सिर्जना भएको हो ।

श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अरु अधिवक्ता सरह ३० मिनेटमा बहस सक्न आग्रह गर्नुभएको थियो । तर पुनः श्रेष्ठले ५ घण्टाको समय माग गरेपछि श्रेष्ठले माग गरेको समय दिन इजलासले अस्वीकार गरेको थियो ।

बहसमा राजपत्रको वैधानिकताबारे पुनः प्रश्न उठेको छ । केही दिन अघि भएको बहसका क्रममा राजपत्र नै प्रकाशित नगरी प्रतिनिधिसभा विघटन भएको प्रश्न उठेको थियो । त्यसपछि महान्यायाधीवक्ता अग्नी खरेलले रातारात राजपत्र प्रकाशित गरी अदालतमा बुझाउनुभएको थियो ।