१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहिद हुनुअघि गंगालालले भनेका थिए, ‘डोन्ट फर्गेट माइ ब्लड’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको सम्झना गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले सहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्र आफ्ना बुवा गणेशमान सिंहलाई भनेको अन्तिम वाक्य सम्झँदै सम्पूर्ण सहिदहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

‘सहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको छ । सहिदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेका छौं । स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं ।’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

उहाँ अगाडि लेख्नुहुन्छ, ‘देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहनुहुनेछ । सहिद दिवसको दिन उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु ।’

नेता श्रेष्ठले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा भएको बताउनुभएको छ । सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ ।

अझै पनि सहिदहरूले देखेका सपना साकार हुन बाँकी नै रहेको बताउँदै उहाँले सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् भन्दै सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।