१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिसोले बिरामी पर्न थाले लिदीका पहिरोपीडित, भन्छन्– घाम लाग्दा पुनर्जीवन पाएको महसुस हुन्छ


0
Shares

किरण थापा
सिन्धुपाल्चोक । गत साउन ३० गते लिदीमा गएको पहिरोका कारण बिस्थापित भएकाहरू अहिले पालमा आफ्नो जीवन निर्वाह गरिरहेका छन् । दिनप्रतिदिन बढेका चिसोका कारण उनीहरूको जनजीवन अहिले कष्ठकर बनिरहेको छ ।

चिसो भुइमा ओछ्याएइको र छानो बनाइएको पालमा बस्न वृद्धवृद्धा र बालबालिककाहरूलाई समस्या हुने गरेको छ । कठ्याङ्ग्रीदो जाडोमा बिहानको घाम लाग्नु भनेको पुनर्जीवन पाउनुजस्तै भएको पहिरोप्रभावितरू बताउँछन् । घाम लाग्दा जसोतसो दिन कटे पनि रातको समयमा पालबाट चुहिने शीतले ओछ्यान सबै भिज्दा पहिरोपीडित बिरामी पर्ने गरेका छन् ।

पहिरोमा घरसँगै आफन्त गुमाएका प्रभावितहरू अझै पनि लिदी फर्कन सक्ने अवस्थामा छैनन् । तर, पहिरोपछि आश्रयस्थल बनाइएको जुगल–१ को बासखर्कमा बस्दै आएका पहिरो प्रभावितहरूलाई भने त्यहाँ बस्न पनि लडाइँ लड्नुजस्तै भएको छ । केहि विस्थापित परिवार त लिदी नै फर्कन लागेका छन् । बाँकी परिवार पहिरोभन्दा केही वरपर छिमेकीको घरमा रात कटाउँदै आएका छन् ।

साउन ३० गते गएको पहिरोले लिदीका १७ परिवारका ३९ बेपत्तामध्ये ३३ जनाले ज्यान गुमाएका थिए । बाँकी अहिले बाँसखर्कमौ जीवन बिताइरहेका छन् ।

अहिले सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन सुरु भइसकेको छ । लिदीका पहिरो प्रभावितहरूलाई जतिसक्दो छिटो स्थायी बासको व्यवस्थापनमा सरकारी निकाय र जनप्रतिनिधिहरूले ध्यान दिनु जरुरी देखिएको छ ।