२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


केपी ओली ट्रम्पको जुम्ल्याहा भाइजस्तो– नेता प्रधान


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जुम्ल्याहा भाइजस्तो भएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित सहिदहरूप्रति श्रद्धान्जली र प्रतिनिनिसधा विघटन विरुद्धको विरोध सभामा सम्बोधन गर्दै उहाँले ओली जोकरजस्ताे भएकाे र ट्रम्पसँगको नीति र बानी मिल्ने बताउनुभयो ।

नेता प्रधानले ओलीलाई भष्मासुरको संज्ञा पनि दिनुभएको छ । ओलीले पशुपतिमा गएर सबै नेतालाई भष्म गरिपाउँ भनि बरदान मागेर आएको उहाँको आरोप छ । उहाँले संविधान बनाउन प्रत्येक नेपालीको पसिनाको मूल्य खर्च भएको उल्लेख गर्दै ओलीले बारम्बार अदालतलाई धम्क्याएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्दै नेता प्रधानले त्यस समयमा पनि नेपाली कांग्रेस फुटेको स्मरण गर्नुभयो ।

नेता प्रधानले उक्त समयमा संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको भए पनि कोइरालाले गलत गरेको जिकिर गर्नुभयो । अहिले ओलीले गिरिजाको भन्दा पनि ठूलो गल्ती गरेको उहाँको आरोप छ ।