१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय महिला लिगमा आर्मीको शानदार जित


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले शानदार जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

आर्मीलाई जिताउने क्रममा शर्मिला थापा र रश्मी घिसिङले समान चार–चार गोल गरे । यस्तै बिमला चौधरी र सपना लामाले एक–एक गोल गरिन् ।

जितसँगै आर्मी लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

शीर्ष स्थानको सशस्त्र प्रहरीको एपीएफको ४ खेलमा १२ अंक छ ।