२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रान्सले लगायो ईयूबाहेकका देशमा यात्रा प्रतिबन्ध


0
Shares

काठमाडौं । फ्रान्सले युरोपियन युनियन (ईयु) बाहेकका राष्ट्रहरुको यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ स्वरुपको कोरोना भाइरसको महामारी बढ्दै गएसँगै फ्रान्सले युरोपियन युनियनमा आवद्ध राष्ट्रबाहेक अन्यत्रको यात्रामा कडाइ गरेको हो ।

फ्रान्सका मुख्य सहरहरुमा पनि प्रतिबन्ध लगाइएको छ । फ्रान्समा तेस्रो पटकको लकडाउन पूरा हुनै लाग्दा अन्य मुलुकमा हुने यात्रामा कडाइ गएको प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ ।

नयाँ प्रतिवन्दले बेलायतलयायतका मुलुकमा सामान ओसारपसारमा समेत आंशिक रुपमा प्रभाव पर्ने त्यहाँको सरकारले जनाएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले सुरक्षित भएर आफ्ना गतिविधि सञ्चालन गर्न सर्वसाधारणलाई आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि हवाइ तया स्थलगत मार्गबाट यात्रा गर्नेहरुले पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था मिलाइए पनि अब भने सीमा वारपार गर्ने मजदूरहरुले पनि पीसीआर परीक्षण गर्नुपर्ने नियम लागू भएको जनाइएको छ ।

स्वास्थ्यमन्त्री ओलिभियर भेरानले युरोपियन युनियनले माग अनुसार आफ्ना सदस्य राष्ट्रहरुमा कोरोनाविरुद्धको खोप पर्याप्त उपलब्ध गराउन नसक्दा यात्रामा थप कडाइ गर्नुपरेको बताउनुभयो । यता जर्मनीले पनि यात्रामा कडाइ गरेको छ ।

जर्मनीले बेलायत, आयरल्याण्ड, पोर्चूगल, ब्राजिल, दक्षिण अफ्रिका, लेसोथो र इस्विातिनीलगायतका देशको यात्रामा प्रतिवन्द लगाएको छ । एजेन्सी