
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो ।
निर्वाचनसम्बन्धी काम अघि नबढाए तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नसक्ने भन्दै आयोगले छलफल प्रक्रियाका लागि छलफल सुरु गरेको जनाएको छ ।
आयोगले निर्वाचनको आचार संहिता तयार पारिसकेको र अर्थमन्त्रालयसँग निर्वाचनका लागि बजेट माग्ने तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम पनि सँगैसँगै अघि बढाएको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्