२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्री ओली चितवन आउँदै, भरतपुर महानगरले कार्यक्रम बहिस्कार गर्ने


0
Shares

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रममा आउँदै हुनुहुन्छ ।

उहाँसहित गृहमन्त्री राम बहादुर थापा, सहरी विकास मन्त्री प्रभु शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ सहभागी हुने कार्यक्रम रहेको छ ।

मौसम अनुकुल भए प्रधानमन्त्री ११ बजे चितवन आइपुग्ने बताइएको । यता, भरतपुर महानगरपालिकाले प्रधानमन्त्री ओली सहभागी हुने सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने जनाएको छ ।

महानगरले हिजो चितवनमा पत्रकार सम्मेलन गरी आफूहरुको पहलमा निर्माण सुरु भइसकेको आयोजना प्रधानमन्त्रीले पुनः शिलान्यास गर्न खोजेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।

चितवनको पुल्चोक गोन्द्राङ ६ लेनको सडक सम्झौताअनुसार १ अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।