१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान विपरीतः कमल थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनु भएको छ ।

उहाँले आज सामाजिक सञ्जाल ट्विटरमार्फत नयाँ चुनावको समर्थन केपी ओली र सरकारको समर्थन नभएको उल्लेख गर्दै सरकारको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश उपयुक्त हुने दाबी गर्नुभएको छ ।

अध्यक्ष थापाले विगतको अनुभवका आधारमा संविधानले स्थिरतालाई जोड दिए पनि बहुमतको सरकार चल्न नसके नयाँ चुनाव प्रजातन्त्रको सर्वमान्य अभ्यास भएको जिकिर समेत गर्नुभएको छ ।