
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिक्रेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल (एपीएफ)लाई २ सय ८ रनको लक्ष्य दिएको छ । अन्तरािष्ट्रय क्रिक्रेट मैदान किर्तिपूरमा शनिबार जारी फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७ रन बनायो । आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेले ।
उनले १ सय २ बलमा ६ चौकासहित ५८ रन बनाएका हुन् । त्यसैगरी राजेश पुलामीले २८, सहाव अलामले २५, लोकेश बमले १५, सुसन भारीले १३, रोहित पौडेलले १३ र अनिल मण्डलले ११ रन बनाएका छन् । यसैगरी बलिङतर्फ शसस्त्र प्रहरी अविनाश बोहोराले ४ विकेट लिए ।
त्यस्तै किशोर महतोले २, भुवन कार्की, कमल ऐरी र शरद भेषवाकरले १÷१ विकेट लिए । एफीएफले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई र आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्