
काठमाडौं । उपत्यकामा श्रमिक, असहाय र अतिविपन्न वर्गलाई निःशुल्क खाना खुुवाउने अभियानलाई निरन्तरता दिन हाम्रो टिम नेपालले ‘हाम्रो खाना घर’को सुरुवात गरेको छ ।
सस्तोमा खुवाइने खानाबाट बचेको पैसाले अति विपन्न वर्गलाई निःशुल्क खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले खाना घरको थालनी गरिएको हो ।
टिम नेपालका अध्यक्ष विमल पन्तले सस्तोमा खुवाएको खानाबाट बचेको पैसाले सामाजिक काम गर्न हौसला मिल्ने बताउनुभयो । खाना घरले ६५ रुपैयाँमा खाना खुवाउने उहाँले जानकारी दिनुभयो ।
सरकारको सहयोग पाए राष्ट्र निर्माणको अभियानमा हातेमालो गरि अगाडी बढ्न चाहेको टिम नेपालको भनाइ छ । टिम नेपालले कोरोना महामारी कारण बन्दाबन्दी भएदेखि हालसम्म निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्