१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्याक्टरका कारण सवारी दुर्घटना बढेको प्रहरीको भनाइ


0
Shares

बारा । प्रदेश २ मा कृषि प्रयोजनका लागि सञ्चालन हुने रातो नम्बर प्लेटका ट्याक्टरको दुरुपयोग बढेको छ ।

ट्याक्टरको दुरुपयोग बढ्दै गएपछि सवारी दुर्घटना पनि ह्वातै बढेको ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । कृषि प्रयोजनका लागि कर, ब्याज र अनुदानमा छुटमा लिइएको रातो नम्बर प्लेटका ट्याक्टर जथाभावी सञ्चालनमा आउन थालेपछि दुर्घटना बढेको हो ।

कृषि प्रयोजन बाहेकका मालसमान बोक्न यस्ता ट्याक्टरको क्षमता कमजोर हुने भएकाले राजमार्गका लागि असुरक्षित भएको ट्राफिक कार्यालयको भनाइ छ । भाडाका मालसमान ढुवानी गरेर समेत यस्ता ट्याक्टर चलाउन थालेपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही प्रक्रिया तीव्र पारेको छ ।