
काठमाडौं । चितवनमा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चिवतन पुग्नुभएको छ ।
चितवन पुगेर उहाँले पुल्चोक–गोन्द्राङ ६ लेनको सडक विस्तारको सुभारम्भ गर्नुभएको छ । उहाँ अब भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास कार्यक्रममा सहभागी भएर शिलान्यास गर्नुभएकाे छ ।
नेकपाको ओली समूहले आयोजना गरेकाे आमसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायका नेताहरूले पनि सम्बोधन गर्नुहुने ओलीपक्षीय चितवनले जनाएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्