१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा धन्यवाद– अध्यक्ष दाहाल


0
Shares

prachand clearification

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केप ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा आमसभामा सहभागीलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभा विघटको विरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले धनगढीमा आएर फुर्ति गरेका ओलीलाई आफ्नो स्थान देखादिएकोमा धन्यवाद दिएका हुन् ।

‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ ।’ उहाँले भन्नुभयो ।

आफूलाई आधिकारिक भन्ने ओलीको पक्षमा स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरूमात्र नभएर जनताको साथ पनि कम भएको दावी गर्नुभयो ।

अध्यक्ष दाहालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अवस्था नदिएको बताउनुभयो । ओलीले संसद् मर्‍यो भनेर घोषणा गरेपनि संसद् विघटन नभएको उहाँको जिकिर छ । एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने उहाँको भनाइ छ ।