
पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ ।
पोखरामा शनिबार पत्रकार सम्मेलन गरी आयोजक सहारा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, मोफसलका टिम, आयोजक सहारा क्लब र विदेशी क्लब गरी १२ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विगतदेखि नै नेपाली र विभिन्न देशका क्लबले भाग लिँदै आएका छन् । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्