
काठमाडौं । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौं जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई तीन–शून्य गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ दुई–शून्यले अघि रह्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई तीन–शून्यको जित दिलाइन् । जितसँगै एपीएफले ५ खेलमा १५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्