
कपिलवस्तु । कोरोना संक्रमणका कारण गरिएको लकडाउन पछि बन्द गरिएका थप ३० सीमा नाका खुल्ने भएका छन् । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद् बैठकले थप १६ नाका खुलाउने निर्णय गरेको हो ।
सीमा नाका खोल्ने निर्णयपछि कपिलवस्तुको कृष्णनगर नाकासँगै सदरमुकाम जोडिएको मर्यादपुर नाका पनि खुल्ने भएकाे छ । हालसम्म सीमा नाका नखोलिँदा दुवै तर्फका नागरिक घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।
सरकारले स्वास्थ्य सतर्कतासहित आवागमनका लागि नाका खोल्ने निर्णय गरे पनि मालबाहक बाहेकका यात्रुवाहक सवारी साधन सीमा वारपार गर्न पाउने वा नपाउने भन्ने विषयमा ठाेस निर्णय नगर्दा यात्रु र कर्मचारी मर्कामा परेका छन् । सरकारले नाका खोल्ने निर्णय गर्नु स्वागतयोग्य भए पनि सीमा वारपार साना र यात्रुवाहक सवारी आवतजावत खोल्नु पर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस्