१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्वोच्चले निर्णय गरे निर्वाचनमा जान्छौं– नेता कोइराला


0
Shares

सर्लाही । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले लोकतान्त्रिक पार्टी कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार गर्ने बताउनुभयो । प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन भन्ने सम्बन्धमा अदालतले चाँडो निर्णय दिनुपर्नेमा उहाँले जोड छ ।

कांग्रेस नेता कोइरालाले संसद् पुनस्र्थापना नहुने र आगामी बैशाखमा निर्वाचन पनि नहुने अवस्था आएको खण्डमा भने देशमा द्वन्द्व उत्पन्न हुने खतरा औल्याउनुभयो । उहाँले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएकाले कांग्रेस सँधै यसको विपक्षमा नै उभिने प्रष्ट पार्नुभयो ।

बाहिर हल्ला भएजस्तो कांग्रेस तत्काल सरकारमा जाने कुनै सम्भावना नरहेको नेता काेइरालाकाे भनाइ छ ।