२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अर्को सहकारी बैंक स्थापना हुने


0
Shares

काठमाडौं । देशैभरीका सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी फेरि अर्काे सहकारी बैंकको सुरु भएको छ । सहकारीको पुँजी परिचालनमा थप सहयोग पुर्‍याउने उद्धेश्यले सहकारी बैंकको सुरुवात गर्न लागिएको हो ।

शनिबार काठमाडौंमा आयोजित प्रारम्भिक भेलामा नेपाल सहकारी बैंककी सदस्य शशी खड्काले बैंकिङ सेवा पारदर्शी ढङ्गले सञ्चालन गरी सहकारी संस्थालाई पनि व्यवस्थित बनाउन सहकारी बैंकको अवधारण ल्याइएको बताउनुभयो ।

१० खर्ब बढी लगानी रहेको सहकारी क्षेत्रमा ३ लाख बढीले रोजगारी पाएका छन् । १२ हजार बढी सहकारी सदस्य रहेको सहकारी बैंकले सबै सदस्य समेट्न नसकेको समयमा फेरि अर्काे सहकारी बैंकको स्थापना हुन लागेको हो ।