
काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभइ सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने स्पस्ट पार्दै सरल र सहज व्याख्या हुने विश्वास रहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सम्पूर्ण नेपाली नागरिकहरू, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेको उहाँको भनाइ छ । संसारका कानूनविदहरूले नेपालको घटनालाई नजिकबाट हेरेकाले सर्वोच्च आदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने उहाँको तर्क छ ।
संविधानको शपथ खाएर न्यायाधीश बनेका न्यायाधीशहरू संवैधानिक इजलासमा रहेकाले आफूले खाएको शपथ विपरित हुने गरी फैसला नहुने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्