
एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका थिए । तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् ।
सैन्य शिविरमा भएको आक्रमणको नान्गाहारका गभर्नरले विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । यो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेना लक्षित आक्रमण जारी राखेको छ ।
तालिवान र अफगान सरकारबीच युद्ध रोक्ने विषयमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको शान्ति वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्