
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी माग्नु भएको हो ।
कार्यक्रममा बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले दुविधा नराखिदिनु हुन पनि उहाँले आग्रह गर्नु भएको छ ।
‘मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु’, स्टाटसमा भनिएको छ ।
मन्त्री थापाले शनिबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु, भन्नुभएको थियो । पछि सहयोगीले सम्झाइदिएपछि उहाँले नेपाल सरकार नै भन्नुभएको थियो ।
राजतन्त्र फालिएको वर्षौ भइसकेको र देश गणतन्त्रमा गएको अवस्थामा समेत मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सर्वत्र आलोचना भएको छ । यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्