१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेश सभा चौथो बर्षमा प्रवेश


0
Shares

काठमाडौं । बागमती प्रदेश सभाले आफ्नो तेश्रो बार्षिकोत्सव कार्यक्रम गरेको छ । गत २०७४ माघ १८ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको मिति अनुसार आज तेश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गत एक वर्षमा भएका सबै बैठकहरुमा उपस्थित हुने सात जना प्रदेश सभा सदस्यहरु रमेश पौड्याल, बसन्त मानन्धर, चन्द्र लामा, सीता अधिकारी, नरोत्तम बैद्य, गोमा भुर्तेल र पार्वती सिलवाललाई प्रशंसापत्र एवं दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सोहि अवसरमा सचिवालयमा उतकृष्ट कार्यगर्ने कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई पनि पुरष्कृत समेत गरिएको थियो । बार्षिकोत्सव समारोहको अवसरमा सचिवालय द्वारा प्रकाशित प्रदेश सभा दर्पण (चौथो अंक) को लोकार्पण पनि गरिएको थियो ।

उक्त अवसरमा बोल्दै मूख्यमन्त्री डोरमणी पौडेलले आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सामाना गर्ने बताए । अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक प्रक्रियाको संज्ञा दिंदै उनले यसले केही समयमै परिणाम दिने उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले संघीयलाई जोगाउन प्रदेश संरचनालाई अझ व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।