काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् ।
संवैधानिक परिषद्को वैठकले गत मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो ।
सभामुख सापकोटाले आइतबार सबै नियुक्त सिफारिसका फाइल फिर्ता पठाउने निर्णय गरेका हुन् ।
संविधानको धारा २ अनुसार नेपाली जनतामा रहेको सार्वभौमसत्ता प्रयोग गर्ने प्रतितिधिमूलक संस्था प्रतिनिधिसभा रहेको र उक्त संस्थाको संरक्षण गर्ने आफ्नो दायित्व भएको जनाउदै सभामुख सापकोटाले आफुले गर्नुपरेको उल्लेख गरेका छन् । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्