२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आजै नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले बिहान १० बजे बोर्ड बैठक बोलाएको जानकारी दिनुभयो । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ ।

बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।