
बर्दिया । चिसो र शितलहर बढेसँगै बर्दिया सहित तराईकोे जनजीवन प्रभावित भएको छ । बाक्लो मात्रामा हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो ।
सर्वसाधरण आगो तापेर जाडो छल्न थालेका छन् । आइतबारदेखि बाक्लो हुस्सु लाग्दा स्थानीयहरुको दैनिक कामकाज समेत प्रभावित भएको छ ।
चिसोको कारण बालबालिका र जेष्ठ नागरिक बढी प्रभाबित भएका छन् । आगो बाल्नका लागि केही पालिकाहरुले चोक चोक बजारमा दाउरासमेत वितरण गरेका छन् ।
बिहान बेलुकी देखिने बाक्लो हुस्सुसँगै शितलहरले सवारी साधन सञ्चालन गर्न कठिन भएको सवारी चालकको भनाइ छ ।
बर्दियामा केही दिन यताको तापमान न्यूनतम ३ डिग्री सेल्सीयससम्म झरेको छ ।
प्रतिक्रिया दिनुहोस्