
धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । ट्रकका सहचालक संखुवासभाका किरण कार्की र ट्रकमा सवार बर्दियाका किरण प्रताप गुरुङ्गको घटनास्थलमा मृत्यु भएको हो ।
मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्