२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुर महानगरले ल्यायो ‘महानगरीय प्रहरी एप’


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरीय प्रहरी एप सन्चालनमा ल्याएको छ । सर्वसाधारणहरूले एप मार्फत् गोप्य रूपमा आफ्ना गुनासो र सुझाव दिन सक्ने जनाइएको छ ।

जनताको गुनासो छिटो र सहज रूपमा महानगरीय प्रहरी सम्म पुगोस् भन्ने सोचले एप सञ्चालनमा ल्याएको मेयर चिरिबाबु महर्जनले बताउनु भयो ।

एप शुभारम्भ कार्यक्रममा मेयर महर्जनले एप निर्माण गरी सहयोग गरे बापत क्यापिटल आइ प्रा.लि.लाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।

मेयर महर्जनले ललितपुर महानगरपालिका भित्र चाँडैनै थप २२ किलोमिटर साइकल लेन निर्माण गरिने जानकारी दिनुभयो ।