२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित


0
Shares

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ ।

कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भनिएको थियो ।

कतारले प्रतियोगिता स्थगित गरेपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ ।