२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटिसक्यो– नेतृ संग्रौला


0
Shares

दाङ । नेपाल महिला संघकी पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टी आगामी १४औं महाधिवेशनको तयारीमा जुटिसकेको बताउनुभएको छ ।

संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको अहिलेको प्रमुख कार्य भएकोले महाधिवेशनको तयारीमा जुटेको उहाँको भनाइ छ ।

नेपाल प्रेस युनियन दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले पार्टीलाई थप उर्जाशील बनाउन र संगठित गर्न केन्द्रदेखि वडासम्म सबै जना सक्रियतापूर्वक लाग्नु पर्ने बताउनुभयो ।

मुलुकको हरेक परिवर्तनमा महिलाको भूमिका अहम् रहेको स्मरण गराउँदै उहाँले देशमा महिलाहरूले फेरि पनि आफ्नो भूमिका खोज्नु पर्ने बेला आएको स्पष्ट पार्नुभयो ।