
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले गर्नुपर्ने कामहरु धेरै भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित बृहत इन्जिनियर भेलालाई सम्बोधन गर्दै उहाँले हामीले गर्नुपर्ने कामहरू धेरै रहेको बताउनुभयो ।
‘गर्नुपर्ने काम धेरै रहेछ,’ उहाँले भन्नुभयो, ‘बाटोको छेउमा हेर्यो के बिधी गुजुल्टिएको टेलिफोन र इन्टरनेटका तारहरू ।’ त्यस्ता गुजुल्टिएका तारहरूलाई भूमिगत गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्राविधिक कुरा भएकाले कहिलेकाहीँ बत्ती जानु स्वभाविक भएको बताउँदै कहिलेकाहीँ बत्ती जाँदा लोडसेडिङ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधि कारणले कहिलेकाहीँ बत्ती जान्छ, सरकार असफल पार्न लोडसेडिङ भयो भन्दै प्रचार गर्ने गरिन्छ ।’
उहाँले दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालप्रति व्यङ्ग्य गर्दै धरहरा इन्जिनियर र मजदुरले गरेको बताउनुभयो । ‘धरहरा न त भिमसेन थापाले बनाए न त केपी ओलीले, त्यो त इन्जिनियर र त्यहाँ काम गर्ने मजदुरहरूले निर्माण गरे ।’
प्रतिक्रिया दिनुहोस्