
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ ।
केन्द्रीय कमिटीको बैठकमा उहाँले निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभुति भएको बताउनुभयो ।
केन्द्रीय कमिटीमा एक चौथाइ सदस्य समेत नरहेको ओली पक्षको आधिकारिकता हुनै नसक्ने नेपालले जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले दुई तिहाइ केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्