
काठमाडौं । अघिल्लो दिन उच्च गिरावट आएको शेयर बजारमा सोमबार भने पुनः दोहोरो अंकको सुधार आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से भण्डै ३८ अंकले उकालो लागेर २४ सय ८ पुग्यो । यो वृद्धिका कारण अघिल्लो दिनको गिरावटलाई प्राकृतिक करेक्सन भनेर विश्लेषण गरिएको छ । कारोबार भने अघिल्लो दिनको तुलनामा केही न्यून रह्यो ।
लघुवित्त र सामुहिक लगानी कोष बाहेक अरु सबै समूह सकारात्मक रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च ३ सय ९० अंकको बृद्धि आयो । होटल समूहमा १ सय ७५ अंक, निर्जीवन बीमा समूहमा १ सय २४ अंक अनि उत्पादनमूलक समूहमा पनि १ सय २० अंकको बृद्धि आयो ।
अरु समूह पनि दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३ कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्