१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोमबारसम्म १ लाख १३ हजारलाई खोप


0
Shares

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको सोमबार छैटौं दिन भएको छ । सोमबार अपरान्ह ४ बजेसम्म ७७ वटै जिल्लामा १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनर्सलाई लगाउने भएको छ । प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्टलाइनर्सलाई खोप लगाइसक्ने र २०२१ भित्र सम्पूर्ण नेपालीलाई खोप लगाउने बताउनुभएको छ ।