१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सैनिक ‘कू’ अस्वीकार गर्न सूचीको आह्वान


0
Shares

aung san suu kyi arrested

एजेन्सी । म्यानमारीको नेतृ आङ साङ सूचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आह्वान गर्नुभएको छ ।

एनएलडीको फेसबुक पेजबाट सूचीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आह्वान गरिएको छ । वक्तव्य ‘कु’ भन्दा केही समय अघि लेखिएको रोयटर्सले जनाएको छ ।

सन्देशमा सूचीको नाम लेखिएको भए पनि हस्ताक्षर गरिएको छैन । पार्टीका अध्यक्ष विन ह्टेइनले जारी गरेको उक्त सन्देश आधिकारिक भएको वक्तव्यको लेखिएको छ । साथै उक्त सन्देशले सूचीको भावना प्रतिबिम्बित गर्ने अध्यक्ष विनले जनाउनु भएको छ ।