२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको बजेट : सबैभन्दा बढी स्वास्थ्यमा, मोबाइल आयात कर बढ्यो


0
Shares

एजेन्सी । भारतमा आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीका बीच स्वास्थ्य बजेट १ सय ३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पु¥याउनुभएको छ ।

मन्त्री सितारमणले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पु¥याउनु भएको छ । बजेटमार्फत सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरिएको छ । वायु प्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड बजेट छुट्याइएको छ ।

सन् २०२२ सम्म किसानहरूको आम्दानी दोब्बर बनाउने योजना बजेटमा समावेश गरिएको छ । आत्मनिर्भर अभियानलाई बजेटमा जोड दिएको छ । केहि अटो पार्टस्मा ७ दशमलब ५ प्रतिशत आयात कर बढाइएको छ । जसका कारण गाडी, सोलार इनवर्टर पनि महंगो हुनेछ ।

यस्तै मोबाइल, चार्जर र हेडफोनमा पनि आयात कर २ दशमलब ५ प्रतिशत बढाएको छ । विदेशबाट आयात गरिने मोबाइल र त्यसका उपकरणमा २ दशमलब ५ प्रतिशतसम्म आयात कर बढाइएको छ । तर, सुनचाँदीमा आयत कर ७.५ प्रतिशत कम गरिएको छ । स्टील सामाग्रीमा पनि आयातकर ७ दशमलब.५ प्रतिशत घटाइएको छ ।