
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिनुभएको छ ।
बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै अन्यथा अमेरिकाले उचित कदम चाल्ने चेतावनी दिनु भएको हो ।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । यसबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्