
काठमाडौं । नेपालमा पर्सी विहीबार देखी हिउँदे बर्षा हुने संभावना रहेको मौसम विद्हरुले जनाएका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसममा परिवर्तन हुने बताईएको हो ।
बिहीबारदेखि शनिवारसम्म बदली भई पानी पर्ने र उच्च भेगहरुमा हिमपात समेत हुने संभावना रहेको मौसम विद्हरुले जनाएका हुन् । यो मौसमी प्रणाली बाहिरिएपछि भने गर्मी सुरु हुनेछ ।
देशको पुर्वी पहाडी भेगमा मंगलबार आंशिक बदली रहि बाँकि स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, सुदुर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक—दुई स्थानमा हल्का हिमपातको संभावना रहेको पनि महाशाखाले बताएको छ ।
काठमाडौंको मौसम आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने छ ।
आज बिहान सूर्योदय ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४५ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्