२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


वालिङले चन्द्रपुरसँग खेल्ने


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकासँग खेल्नेछ । जारी प्रतियोगितामा वालिङ र चन्द्रपुर दुबै टोलीको यो छैटौं खेल हो ।

५ खेलबाट ५ अंक जोडेको वालिङ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । छैटौं स्थानको चन्द्रपुरको भने ३ अंक मात्रै छ । लगातार ६ खेल जितेको सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

एपिएफले हिजो भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० को फराकिलो अन्तरले हरायो । हिजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७-० ले पाखा लगायो ।