
काठमाडौं । अमेरिकामा भारी हिमपात भएको छ । हिमपातका कारण अमेरिकाको पूर्वी तटमा रहेको न्यूयोर्क शहर सवैभन्दा बढी प्रभावित भएकोछ ।
भारी हिमपातका कारण कोरोना खोप अभियान समेत बन्द गर्नुपरेका ेछ भने हवाइ उडान अवरुद्ध भएको छ ।
दिउँसै न्यूजर्सीमा ४८ सेन्टिमिटरसम्म र पेन्सिल्भानियामा ४३ सेन्टिमिटरसम्म हिउँ परेकोछ । भारी हिमपातका कारण अमरिकाको न्यूयोर्क र न्यू जर्सी शहरमा आपतकाल घोषणा गरिएको छ ।
न्यूयोर्कमा अत्यावश्यक बाहेकका काममा हिड्न रोक लगाइएको छ भने स्कुल बन्द गरिएका छन् । अमेरिकी राष्ट्रिय मौसम विभागले मौसममा सुधार आउन अभै केही दिन लाग्ने जनाएकोछ ।
प्रतिक्रिया दिनुहोस्